Skip to main content

KATHAA NEPAL

उ रिसाइ हाल्थी !!
फोन एकै घन्टी मा उठाउनु पर्ने ....एक छिन ढिला भयो भने...
"कहाँ Busy ? कहाँ हो ? किन ढिला फोन उठाएको ? हुन त म को हु र छिटो उठाउन लाई " 😒 जस्ता प्रस्न हरु ले प्रहार गर्थिन
म उन्का ती प्रस्न हरु मज्जा ले सुन्ने गर्थ्ये !! मलाइ बानी परिसकेको थियो...उ रिसाइन्न भने मेरा प्रेम का मुल हरु नै कहाँ फुट्थ्ये र उ प्रती 💞
उ भन्थीन ...
"यसरी नै हेप्दै जानू न मलाइ 😒 कुन दिन छाडेर गै दिन्छु अनि त्यो दिन थाहा हुने छ मेरो माया को महत्त्व कत्ती न ....बोल्दीन अब म Bye भन्दै फोन काटी हाल्थीन "
मलाइ थाहा थियो उनी रिसाएकी थिइन्न !! बरु म सग घुर्की देखाउदै थिइन !! उन्ले फोन काटे पछि १०-१५ मिनेट सम्म म फोन फर्काउदिन थिए !!
फेरि उतै बाट फोन गर्थिन र भन्थिन !!
" कस्तो के तपाईं !! मै रिसाएर काटेको थिए फोन !! फोन गरेर मलाई फकाउनु त कता हो कता 😒 मेरो मत्लब नै गर्नु हुन्न भन्दै फेरि रुन थाल्थिन.....अनि म भन्थ्ये !!
....मैले गर्नै लागेको थिए ! तिमी ले गरि हालेउ , तिम्ले गर्नु र मैले गर्नु मा एउटै त हो नि प्यारी भन्दै उत्तर फर्काउथ्ये....उनी झन रिसाउदै भन्थिन ....
" थाहा छ !! तपाईं अब totally change हुनु भै सक्यो !! म अब साच्चै तपाईं बाट टाढा गै दिन्छु भन्दै फोन काट्थिन !!
अब चै रिसाइन भनेर म फोन फर्काउथ्ये ...उनी धेरै रिसाएको दिन
मोबाइल off गरेर बस्थिन !! फेसबुक पनि डि-एक्टिभेट गर्थिन !!
यी हरु कार्य ती बेला सम्म गर्थिन जति बेला सम्म मेरो याद ले उनी लाई
निन्द्रा पर्दैन थियो !!
म सग रिसाउनु...
मोबाइल off गर्नु
फेसबुक डि - एक्टिभेट गर्नु ...
फेरि खोल्नु
मेरा लागि dedicated गरेर status लेख्नु
उन्का दैनिकी जस्तै भएका थिए.....
उनी रुदै भन्थिन !!
"आजकल भेट्न पनि छोड्नु भएको छ 😐"
अनि फेरि आफै भन्थिन !!
"हुन त भेटी रहन लाई म को नै हु र. तपाईं को "
यी कुरा उन्ले भनी रहदा मेरो मन भित्र माया का छुट्टै उर्जा उत्पन्न भै दिन्थ्यो...
आजै भेटौ !!
अनि आजै भनी दिउ कि तिमी मेरो जीवन को एउटा अङ्ग भै सकेउ..💞
अनि म फोन बाटै भनी दिन्थ्ये!!
आउ उहीँ ठाउँ .....
साझ .....
जहाँ पहिले हामी भेट्थ्येउ !!
उनी आउथिन.....
म सग घुर्की देखाउदै अलि पर बस्थिन....
म नजिक जान खोज्दा झन पर जान्थिन....
अनि भन्थिन...
"जानू म तपाईं सग बोल्दिन... तपाईं change हुनु भै सक्यो..."
म जिस्किदै भन्थ्ये...
अरे पग्ली खै कहाँ change भए !!
हेर त आँखा उहि छ
कपाल उहीँ छ !!
हाइट उहीँ छ !!
दारी उहीँ छ !!
तिमी लाई माया गर्ने मन उहीँ छ !!
यति कुरा भनी रहदा....अझ रिसाउदै पर -पर जान खोज्थिन...
म हात समाएर छाती मा टासी हाल्थ्ये....
अनि अरु के चाहियो र.. कहिलै न छोड्ने जसरी म सग टास्सिन्थिन...
र भन्थिन...
" हजुर मलाइ कति सताउनु हुन्छ है...यति धेरै नसताउनु न !!झन माया बड्छ !! 😒 "
म भन्थ्ये !! अ...!! अनि बड्न देउ न त माया !! म जिस्किदै भन्थ्ये अस्मिता ले नि येस्तै भन्थि 😂
अनि त उस्लाइ के चाहियो र !! युद्ध सुरु हुन्थ्यो...
छाती मा टासिएकी उनी मलाइ धकेली दिएर जुरुक्क उठ्दिन
र भन्थिन...
" जानू त्यही अस्मिता सग !! के गर्न आउनु भयो म सग !! अब देखि No contact !! भेट्ने पनि हैन !! I Hate You 💔 म अनुहार पनि हेर्दिन तपाईं को !! हुन त केटा को जात न पर्नु भयो !"
मलाइ भए जति गालि गर्थिन...हामी माया गर्न हैन ...बरु झगडा गर्न भेटेका हुन्थ्येउ !!
तर यी झगडा भित्र उम्रेका माया का ती अनगिन्ती टुसा हरु उनी ले देख्न सकिन्न्न !! महशुस गर्न सकिन्न्न...
मलाइ भनी रहन्थिन्न !! " मलाइ सताइ रहनु न ! कुन्दिन म छोडेर गै दिन्छु अनि !!
उनी आफ्ना वचन मा पक्का रहेछिन !! छाडिन !!
म प्रती सन्का गर्ने उनी !! मैले उनी लाई कहिले सन्का ले हेरिन..
आजकल समुद्र का किनार मा उन्का तस्बिर हरु कहि कतै बाट देख्ने गरेको छु !!
उन्को जीवन साथी सग !! माया मा रङ्ग भर्न नसकेकी उनी !!
रङ्गिन ठाउँ मा रङ्गिन caption सहित फोटो हाल्छिन...
आजकल ती मोबाइल हरु मेरा लागि स्विच off हुदैनन
आजकल ती status हरु मेरा लागि dedicated हुदैनन...
कुनै दिन मेरा कारण ले निन्द्रा लाग्दैन भन्ने उनी !!
मेरो याद ले सुतेकी छैनन होला भनेर म रात भरी फकाउथ्ये
माया गर्थ्ये !!
आजकल उनी बिना का कयौ रात मेरा आँखा मा निन्द्रा पर्दैन्न..
उनी सग बिताएका अतित बल्झिन्छन !! र माया नै माया थुपारेर राखेको
खुत्रुके हात बाट झरी दिन्छ !!
छरपस्ट !! छरपस्ट हुन पुग्छन ती माया का पोका हरु !!
म फेरि सम्हाल्न खोज्छु !!
तर कस्का लागि !!
यी माया यी भावना म अरु कसै सग कसरी साटौ !!
जुन भावना त उनी सग जोडि सकेका थिए.. !!
म उस्तै छु...
हाम्ले भेट्ने गिता आन्टी को त्यो चिया पसल उस्तै छ...
चिया पसल को त्यो कुना जहाँ हामी बस्ने गर्थ्येउ त्यो उस्तै छ..
चिया पसलको टेबल मा बाइक को चाबी ले कोरेको तिम्रो मेरो नाम उस्तै छ ...
गिता आन्टी ले झुक्किएर भनौं या तिमिलाई सम्झीएर हो.
कहिलेकाही दुई कप चिया ल्याइदिनु हुन्छ ....
त्यही दुई कप चिया मा "अब चै छोड्नु है यो चुरोट " भनेको बिर्सन बहुत तान्ने गरेको छु , तिमी लाई सम्झी सम्झी बिर्सन प्रेम का ति प्रत्येक सर्को हरु...

Comments